नेतृत्व अव कस्को ?

भनिन्छ आकस्मिक घटनाहरुले राजनीतिमा गम्भीर प्रभाव पार्दछ । नेपाली कांग्रेसका सभापति शुशील     कोइरालाको आकस्मिक निधनले नेपाली कांग्रेसको आन्तरिक राजनीति र देशको राजनीतिमा पनि नयाँ मोड आउन सक्दछ ।
नेपाली कांग्रेसको महाधिवेशन स्थगीत भएको छ । आगामी महाधिवेशनमा आफै सभापति उठ्ने शुशील कोइरालाको    तयारी थियो तर त्यो पुरा हुन सकेन ।
नेपाली कांग्रेसको सभापति पद   कोइराला परिवार मै राख्न कोइराला परिवारको दवाव रहिआएको थियो । अहिलेको स्थितिमा देउवालाइ हराउन सक्ने कोइराला परिवारमा अरु नरहेको स्थिति भन्दै शुशील कोइरालालाई नै सभापतिमा उठ्न दवाव थियो ।
अब शुशील कोइरालाको निधनले नयाँ परिस्थिति श्रृजना भएको छ । विपि      कोइरालाले नेता त्रय गणेशमान, कृष्ण प्रसाद भट्टराई र गिरिजा प्रसादलाई     उतराधीकारी वनाएर विदा भएका   थिए ।   गिरिजा प्रसाद कोइरालाले शुशील कोइरालालाई उत्तराधीकारी वनाएर विदा भएका थिए ।
तर शुशील कोइरालाले कुनै    उत्तराधीकारी वनाउन सकेनन् । यसले नेपाली कांग्रेसको आन्तरिक राजनीतिलाई निकै जटिल वनाउने सम्भावना      वढ्नेछ । नेपाली कांग्रेसको विधान अनुसार उपसभापति रामचन्द्र पौडेल स्वतः कार्यवाहक सभापति हुनेछन् । गिरिजा प्रसाद कोइराला सभापति भए देखि पहिलो पटक नेपाली कांग्रेसको प्रमुख नेतृत्व कोइराला परिवार वाहिर जाने देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार